पर्सा, पौष १८ /  वीरगंज महानगरपालिकाले कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज शोक विदा दिएको छ। सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत थापाको पुस १२ गते निधन भएको थियो।

२०५२ सालदेखि महानगरपालिकामा निरन्तर सेवा गर्दै आएका थापाको निधनले कर्मचारी वृत्तमा शोक छाएको छ। उहाँको स्मृतिमा आज बिहान महानगर परिसरमा शोक सभा आयोजना गरिएको थियो।प्रशासन प्रमुखका अनुसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिकाका सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।