AI Image

बारा,पौष १८ । प्रहरी कारवाहीको सिलसिलामा इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालतबाट दण्ड–सजाय तोकिएको लागूऔषध गाँजा सम्बन्धी मुद्दामा वारदात पश्चात फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नं. १२, कुलिया टोल निवासी ४२ वर्षीय खेकु मुक्तान भन्ने तिलकबहादुर मुक्तान रहेका छन्। अदालतको फैसलापछि फरार रहेका उनलाई खोजतलासका क्रममा लुकिछिपि बसेको अवस्थामा मिति २०८२/०९/१७ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


बारा जिल्ला अदालतले उनलाई लागूऔषध गाँजा मुद्दामा १ वर्ष ६ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। पक्राउ परेका मुक्तानलाई आवश्यक कारबाहीका लागि सम्मानित बारा जिल्ला अदालतमा दाखिला गरिएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ।